प्रतिकित्ता २८० रूपैयाँमै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
प्रतिकित्ता २८० रूपैयाँमै फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाका तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीका लागि खुला भएको हो।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि केवल विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र आवेदन दिन अनुमति दिइएको छ। इच्छुक सेयरधनीले आफूले कति दरमा कति संख्यामा सेयर खरिद गर्न चाहन्छन् भन्ने स्पष्ट उल्लेखसहित ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

सूचना प्रकाशित भएको मिति पुगेको ३५ दिनभित्र आवेदन बुझाउन सकिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स