SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

AdvertisementAds
सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ तोकिएको छ।

यस सेयर खरिदका लागि इच्छुक योग्य व्यक्ति, कम्पनी वा संघसंस्थाले आज पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा सम्पूर्ण २ लाख कित्ता सेयर खरिदका लागि नै बोलपत्र पेश गर्नुपर्नेछ, जसका लागि न्यूनतम २ करोड ८० लाख रुपैयाँ आवश्यक पर्नेछ।

गोप्य शिलबन्दी बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयबाट प्राप्त गर्न सकिनेछ र सोही कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ। बिक्री अवधिमा प्राप्त बोलपत्रहरू माघ ४ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ। बोलपत्र पेश गर्दा प्रतिकित्ता कम्तीमा १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स