सर्वसाधारणका लागि फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लिलामी सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
AdvertisementAds
सर्वसाधारणका लागि फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लिलामी सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख ८६ हजार ४३३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। यी सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

कम्पनीले उक्त सेयर सर्वसाधारणले समेत किन्न पाउने गरी लिलामीमा राखेको हो। सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा १० अंकको गुणाङ्कमा वा सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था गरिएको छ।

सेयर खरीद गर्न चाहने लगानीकर्ताले आफूले किन्न चाहेको कित्ता र प्रस्तावित दर उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। यस्तो बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयबाट प्राप्त गर्न सकिनेछ र सोही कार्यालयमा बुझाउनुपर्नेछ।

बोलपत्र आज फागुन २६ गतेदेखि खुला गरिएको छ भने चैत १० गते दिउँसो ३ बजेसम्म पेश गर्न सकिनेछ। प्राप्त बोलपत्रहरू चैत ११ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स