SHAREHUBSHAREHUB

एमालेका पोखरेल भन्छन्, ‘बालेन र रविको एकतामा स्वार्थ छ, लामो समय टिक्दैन’

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
AdvertisementAds
एमालेका पोखरेल भन्छन्, ‘बालेन र रविको एकतामा स्वार्थ छ, लामो समय टिक्दैन’
AdvertisementAds

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिचको सहकार्य दीर्घकालीन नहुने टिप्पणी गरेका छन्।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त सहकार्य विचारभन्दा पनि स्वार्थमा आधारित भएको आरोप लगाए। पोखरेलका अनुसार कुनै पनि राजनीतिक आन्दोलनमा विचार र भावनाभन्दा स्वार्थले स्थान पाएमा त्यस्तो एकता लामो समय टिक्दैन।

उनले भने, ‘रवि लामिछाने र बालेन शाह चुनावी स्वार्थका लागि मिलेका हुन्, उनीहरूको मन मिलेको छैन। जब विचारले जोड्दैन, त्यो एकता टिक्न सक्दैन भन्ने कुरा हाम्रो नेकपाको अनुभवले पनि पुष्टि गरिसकेको छ।’

महासचिव पोखरेलले सत्ता–केन्द्रित राजनीतिले समाज रूपान्तरण सम्भव नहुने तर्क गर्दै एमाले आगामी पाँच वर्ष जनतासँगै रहने बताए। उनका अनुसार विगतमा सत्तामुखी र केन्द्रमुखी राजनीतिका कारण एमाले जनता र युवासँग केही टाढिएको थियो, जसलाई स्वीकार गर्नुपर्ने आवश्यकता छ।

‘हामी राज्यको माथिल्लो संरचनाबाट समाज बदल्ने प्रयास गर्दा कताकता जनताबाट टाढिएका थियौं,’ उनले भने, ‘अब हामी प्रतिपक्षमा छौं, यो पाँच वर्ष जनतासँग सम्बन्ध पुनः मजबुत बनाउने अवसर हो।’

AdvertisementAds

उनले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेलाई जनता, युवा तथा वैदेशिक रोजगारीमा रहेका नागरिकसँग जोड्ने योजना रहेको पनि बताए। साथै, समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न एमालेलाई पुनः निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स