रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्काशन खुला गरेको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।
सीडीएससीको तथ्यांकअनुसार आइतबार बेलुकासम्म रिज लाइन इनर्जीको आईपीओमा २२ लाख ४४ हजार ६४३ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ५० करोड १४ लाख १ हजार रुपैयाँ बराबरको २ करोड ५० लाख १४ हजार १० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा २१.१९ गुणा बढी हो।








![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)






![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया