insta insta

यी पाँच कम्पनीले ल्याउँदैछन् बुक बिल्डिङ्ग विधिबाट आईपिओ

यी पाँच कम्पनीले ल्याउँदैछन् बुक बिल्डिङ्ग विधिबाट आईपिओ
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र पाँच कम्पनीहरूबीच बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको छ। निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न उक्त सम्झौता सम्पन्न गरिएको हो।

सम्झौता अनुसार नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेडको १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्स लिमिटेडको ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्स लिमिटेडको १८ लाख कित्ता र पूर्वाञ्चल ल्युव आयल लिमिटेडको ६ लाख कित्ता सेयरका लागि शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गरिनेछ।

nepse book building agreement notice 1776336387143 https://bajarkochirfar.com/these-five-companies-are-launching-ipos-through-book-building-method | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स