नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला प्रति १९०० रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख ४४ हजार ६ सय रुपैयाँ थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोला प्रति २० रुपैयाँले घटेर ३१ सय १५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य ३१ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो।




















प्रतिकृया