फेरि सुरु हुँदैछ सडकमा ‘जोर–बिजोर’ प्रणाली, सरकारले गर्यो यस्तो तयारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
फेरि सुरु हुँदैछ सडकमा ‘जोर–बिजोर’ प्रणाली, सरकारले गर्यो यस्तो तयारी

सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परे जोर–बिजोर प्रणाली लागू गर्न सक्ने बताएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिइन्।

मन्त्री रावलका अनुसार, थोक बिक्री नियन्त्रण र उच्च पदस्थ कर्मचारीको इन्धन कटौती पहिले नै लागू गरिएको छ। उनले भनिन्, “आवश्यक परे जोर–बिजोर प्रणाली पनि सरकार लागू गर्नेछ। साथै, जनतालाई ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गरिएको छ।”

दीर्घकालीन रूपमा गाडी रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको र इथानोल नीतिको तयारी भइरहेको उनले बताइन्। यसैसँगै, ईभी पूर्वाधार विकासमा पनि सरकार प्रतिबद्ध रहेको छ।

मन्त्री रावलले सरकार पारदर्शी भएको र जनताको पीडा बुझ्ने बताउँदै थपिन्, “सरकार पारदर्शी छ, सत्य लुकाउँदैन। तर जनताको पीडा पनि बुझ्छ। ऊर्जा बचत गरौं, संयमित बनौं। धन्यवाद।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स