वैदेशिक रोजगारीबाट नेपाल फर्किएर उद्यम गर्नेलाई श्रम मन्त्रालयले पुरस्कार दिने

वैदेशिक रोजगारीबाट नेपाल फर्किएर उद्यम गर्नेलाई श्रम मन्त्रालयले पुरस्कार दिने

सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्न आवेदन खुलाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूको योगदानको कदर र प्रोत्साहन गर्नका लागि आवेदन आह्वान गरेको हो।

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि, २०७६’ अनुसार सम्मान प्रदान गरिने भएकाले मन्त्रालयले २१ दिनभित्र आवेदन दिन सूचनामार्फत जानकारी दिएको छ।

मन्त्रालयका अनुसार, कार्यभिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएका, स्वदेशमा व्यवसाय थालेको कम्तीमा १ वर्ष पूरा भएको, र पछिल्ला ५ वर्षभित्र यस्तै पुरस्कार नपाएका उद्यमी यस सम्मानका लागि योग्य मानिनेछन्।

ecc2e45056577afc42ea84e68f0067421735625343 https://bajarkochirfar.com/the-ministry-of-labor-will-give-awards-to-those-who-return-to-nepal-from-foreign-employment-and-start-a-business | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स