सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर हिजो (१ साउन) गते देखि लागू हुने गरी मासिक १९ हजार ५५० रुपैयाँ तोकेको छ। यसअघि पारिश्रमिक १७ हजार ३०० रुपैयाँ थियो। नयाँ संरचना अनुसार आधारभूत तलब १२,१७० र महँगी भत्ता ७,३८० हुनेछ।
अब श्रमिकको दैनिक ज्याला ७५४ रुपैयाँ र प्रतिघण्टा ज्याला १०१ रुपैयाँ हुनेछ, आंशिक कामदारका लागि प्रतिघण्टा १०७ रुपैयाँ तोकिएको छ। चिया बगानका श्रमिकका लागि भने यो निर्णय तत्काल लागू हुने छैन।
पारिश्रमिक निर्धारणमा सरकार, श्रमिक र रोजगारदाता संगठनबीच सहमति जुटेको हो, यद्यपि सबै श्रमिक संगठनको पूर्ण सहमति भने भएको छैन।
















प्रतिकृया