स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज (बिहीबार) बिहान १० बजे बाँडफाँड हुँदैछ।
कम्पनीले सर्वसाधारणका लागि साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। यसअन्तर्गत कुल १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गरिएको हो, जसबाट १९ हजार ५ सय १९ जना लगानीकर्ताले मात्र सेयर पाउनेछन्।
यसअघि कम्पनीले श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ जारी गरी बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले असार ५ गते स्वस्तिक लघुवित्तलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया