आजदेखि काठमाडौं उपत्यकाका यी स्थानहरुमा दैनिक ४ घण्टा बिजुली काटिने

आजदेखि काठमाडौं उपत्यकाका यी स्थानहरुमा दैनिक ४ घण्टा बिजुली काटिने

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि १० दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजनाले दिएको जानकारीअनुसार, विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि पुस ९ गतेदेखि विद्युत् कटौती सुरु भएको हो।

कुलेश्वर, बानेश्वर, जोरपाटी, र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा बिजुली आपूर्ति बन्द हुनेछ।

आज पुस ९ गते कलंकी फिडरअन्तर्गत मालपोत कार्यालय वरपर विद्युत् कटौती हुनेछ। भोलि, पुस १० गते तीनकुने पुलदेखि महादेव खोला पुलसम्म, पुस ११ गते बालकुमारी, इमाडोल, र लुभू आसपास, पुस १२ गते बलम्बु क्षेत्र, पुस १३ गते कीर्तिपुर विश्वविद्यालय क्षेत्र, पुस १४ गते च्यासल पुलदेखि बालकुमारी पुलसम्म, पुस १५ गते मानटार चोक क्षेत्र, पुस १६ गते मातातीर्थ वरपर, पुस १७ गते दोभान पुल क्षेत्र, र पुस १८ गते आलोक नगर आसपासका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

तर, मौसम प्रतिकूल भएमा सटडाउन नगर्ने समेत जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स