श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बुधबार बिहान आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि गत असोज २६ गतेदेखि २९ गतेसम्म कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्काशन गरेको थियो।
आईपीओमा कुल १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए, जसअनुसार मागभन्दा करिब ८.६४ गुणा बढी आवेदन परेको थियो। सोही कारण बाँडफाँड गोलाप्रथाको आधारमा गरिएको हो। बाँडफाँड परिणाम अनुसार २ लाख ५१ हजार ४९ जनाले सेयर प्राप्त गरेका छन्। तीमध्ये तीन जनाले अतिरिक्त १–१ कित्ता थप पाई ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कुल १६ लाख ९१ हजारभन्दा बढी आवेदकको हात भने रित्तो भएको छ। कम्पनीको आईपीओमा करिब २ अर्ब १७ करोड रुपैयाँ बराबरको आवेदन परेको नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले जनाएको छ।
आईपीओको नतिजा अनलाइनमार्फत सार्वजनिक गर्ने तयारी बिक्री प्रबन्धकले गरिरहेको छ। लगानीकर्ताले नतिजा सार्वजनिक भएपछि आफ्नो आवेदनको स्थिति सजिलै हेर्न सक्नेछन्। यसका लागि सीडीएसको वेबसाइट https://iporesult.cdsc.com.np/, नबिल इन्भेष्टमेण्टको वेबसाइट https://result.nabilinvest.com.np/search/ipo-share, वा मेरोसेयरको पोर्टल https://meroshare.cdsc.com.np/#/login मा गएर डिम्याट नम्बर राखी परिणाम हेर्न सकिन्छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया