insta insta

७ वटा निर्माण कम्पनी परे कालो सूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १३ गते
७ वटा निर्माण कम्पनी परे कालो सूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
Advertisement Ads

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सातवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायको सिफारिसअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको छ।

सूचनामा कालो सूचीमा राखिने आधार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) भएको जनाइएको छ। यस अनुसार, जिम्मेवारी पूरा नगर्ने कम्पनीहरूले अब ६ महिनादेखि १ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

कालो सूचीमा पर्ने कम्पनीहरुमा डाइमेन्सनल कन्स्ट्रक्सन, थ्री–स्टार कन्स्ट्रक्सन, चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगतिसिंह कन्स्ट्रक्सन सेवा, क्वालिटी सोलुसन कम्पनी, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स र जिबी मेटल क्राफ्ट इण्डस्ट्रिज एण्ड सप्लायर्स रहेका छन् ।

638974923 1664677501563024 3941367432356165305 n https://bajarkochirfar.com/seven-construction-companies-have-been-blacklisted-for-how-long-will-they-be-unable-to-do-what | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स