SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १३ गते
AdvertisementAds
सर्वसाधारणका लागि सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ।

कम्पनीका अनुसार यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरिएको थियो। तर तोकिएको अवधिमा कुनै पनि आवेदन नपरेकाले अब जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्ने गरी सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स