SHAREHUBSHAREHUB

आईपीओ निष्काशनको प्रस्ताव सहित रिज लाइन इनर्जीले बोलायो साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १२ गते
AdvertisementAds
आईपीओ निष्काशनको प्रस्ताव सहित रिज लाइन इनर्जीले बोलायो साधारणसभा
AdvertisementAds

रिज लाइन इनर्जीले आउँदो भदौ ४ गतेका लागि आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रस्ताव प्रस्तुत गरिनेछ। सो आईपीओबाट प्राप्त रकमको उपयोगबारे विशेष प्रस्ताव समेत पारित गरिने कम्पनीको सूचनामा उल्लेख छ।

साधारणसभाले अघिल्लो आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेछ।

सभामा ७ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण प्रस्ताव पनि पेस गरिनेछ।

कम्पनीले हाल ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको अधिकृत तथा जारी पुँजीको ३० प्रतिशत बराबरको २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ।

रिज लाइन इनर्जी गोरखाको अजिरकोट–२ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स