राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई सरकारी अस्पतालको सेवामा भरोसा राख्न र सकेसम्म त्यहाँ उपचार गराउन आग्रह गरेका छन्।
मंगलबार ललितपुरको रोयल टुलिप होटलमा सम्पन्न अभिमुखीकरण कार्यक्रमको समापनमा उनले सांसदहरूलाई सम्बोधन गर्दै भने: “म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु — सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुस्। इमर्जेन्सीको अवस्था बाहेक, सक्नुहुन्छ भने सरकारी अस्पतालमा नै जानुस्। यसले सरकारी स्वास्थ्य सेवालाई चुस्त बनाउँछ। जनताको छोराछोरीले भोग्ने अप्ठ्यारा अवस्थाहरूमा तपाईं मात्र सुविधा प्राप्त गर्नु जायज छैन।”
साथै, उनले अस्पतालमा बेड पाउन ‘सोर्स फोर्स’को आवश्यकता जस्ता असुविधाजनक प्रक्रियाहरू अन्त्य गर्नुपर्ने बताए।
“मलाई मत दिएका जनताको घरघरमा खुशी छाउनुपर्नेछ। उनीहरूको चूलो बल्नुपर्नेछ। र जब उनीहरू अस्पताल जान्छन्, बेड पाउनुपर्छ कसैको सोर्स फोर्स बिना। यो तपाईंहरूले महसुस गर्नैपर्छ।”
















प्रतिकृया