ललितपुरका यी स्थानहरुमा आज साढे ६ घण्टा बिजुली काटिने

ललितपुरका यी स्थानहरुमा आज साढे ६ घण्टा बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने जानकारी गराएको छ।

प्राधिकरणले जारी गरेको सूचनाका अनुसार बिजुलीको खम्बा परिवर्तन गर्नुपर्ने भएकाले बिहान ९:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

पुल्चोक वितरण केन्द्रको पुल्चोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, र छवाल क्षेत्रका ग्राहकहरू यस कटौतीबाट प्रभावित हुने प्राधिकरणले जनाएको छ।

ग्राहकवर्गलाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै, तोकिएको समयअगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति निर्धारित समयभन्दा छिटो पुनः सुरु हुनसक्ने उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स