काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, कोटेश्वर फिडर (बानेश्वर)अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
विद्युत् प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा रोक्नुपरेको जानकारी दिएको छ।
















प्रतिकृया