किशोरीलाई बलात्कार गरेको अभियोगमा बिर्तामोडका पूर्वमेयरलाई थुनामा पठाउन आदेश

किशोरीलाई बलात्कार गरेको अभियोगमा बिर्तामोडका पूर्वमेयरलाई थुनामा पठाउन आदेश

झापा जिल्ला अदालतले विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।

आदेश बमोजिम उनी पुर्पक्षका लागि झापा कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत मंसिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए । “प्रहरीको अनुसन्धान सकिएपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो”, सूचना अधिकारी बस्नेतले भने, “हिजो र आज दुई दिनमा बयान सकिएको छ ।

आज थुनछेकको बहसपछि उनलाई पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएको हो ।” प्रहरीले पेस गरेको अभियोगपत्रमा अभियुक्त शिवाकोटीमाथि १२ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । उक्त मुद्दाको सुनुवाई अदालतको बन्द इजलासमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स