माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?
Advertisement Ads

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान सेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैशाख १७ गतेदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका स्थानीयका लागि कुल ६ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो।

बाँडफाँड अनुसार अति प्रभावित वर्गमा १५० कित्तासम्म आवेदन दिने लगानीकर्ताले मागअनुसार नै सेयर प्राप्त गरेका छन्। त्यसभन्दा बढी आवेदन दिनेले पनि अधिकतम १५० कित्ता सेयर पाएका छन्। साथै २९२ जना लगानीकर्ताले गोलाप्रथामार्फत थप १० कित्ता सेयर प्राप्त गरेका छन्, जसअनुसार अति प्रभाविततर्फ अधिकतम १६० कित्तासम्म सेयर परेको छ।

त्यस्तै, प्रभावित वर्गमा ६० कित्तासम्म आवेदन दिनेले मागअनुसारकै सेयर पाएका छन् भने सोभन्दा बढी आवेदन दिनेले अधिकतम ६० कित्ता सेयर प्राप्त गरेका छन्। यस समूहमा १,७७७ जना लगानीकर्ताले गोलाप्रथामार्फत थप १० कित्ता सेयर पाएका छन्, जसअनुसार अधिकतम ७० कित्तासम्म सेयर परेको छ।

अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

716189874 2031812537411510 5960666068996274739 n https://bajarkochirfar.com/mount-everest-powers-ipo-allotment-completed-how-many-people-received-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स