पानीको जारमा किरा भेटिएपछि केएम मिनरल वाटरलाई महानगरले तिरायो जरिवाना



Advertisement
Ads

ललितपुरको लगनखेलस्थित पशु सेवा तालिम केन्द्रमा पिउने पानीका लागि ल्याइएको जारमा कीरा फेला परेपछि उपत्यकामा वितरण हुँदै आएको जारको पानीको गुणस्तरप्रति प्रश्न उठेको छ।

उक्त घटना सार्वजनिक भएपछि ललितपुर महानगरपालिकाले पानी उत्पादन तथा वितरण गर्दै आएको केएम मिनरल वाटरलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ।


Advertisement

महानगरका नगर प्रहरीका अनुसार पिउन अयोग्य ठहरिएको जारको परीक्षणपछि कारबाही गरिएको हो।

जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा यस्तो लापरबाही गम्भीर रहेको भन्दै महानगरका अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर