नेपालको सेयरबजारमा ‘लो क्याप’ कम्पनीहरु धेरै लगानीकर्ताहरूका लागि चासोको विषय बन्दै गएको छ। लो क्याप कम्पनी भन्नाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ती कम्पनीहरू हुन्, जसको बजार पूँजीकरण (Market Capitalization) र सेयर संख्या कम हुने गर्छ । नेपाली सेयरबजारमा लो क्याप कम्पनीहरुले ठूला लगानीकर्ताहरु देखि सक्रिय ट्रेडरहरूसम्मको ध्यान तान्ने गरेको छ।
नेपाली सेयरबजारमा लो क्याप कम्पनीहरुको मूल्य निकै अस्वभाविक रुपमा बढेको देखिन्छ। लो क्याप कम्पनीको सेयरमा मूल्य उतार-चढाव तीव्र हुने भएकाले चलखेलको सम्भावना उच्च रहन्छ। ठूला लगानीकर्ताहरूले सस्तोमा सेयर थुपार्दै त्यसको मूल्य बढाएर महँगोमा बेच्ने रणनीति अपनाउने गर्दै आएका छन्। यस्ता चलखेलले साना लगानीकर्तालाई जोखिममा पार्न सक्छ। तर कारोबार योग्य सेयर (फ़्लोटेड सेयर) कम भएका कम्पनीहरुको सेयर मूल्य आकाशिने ट्रेन्ड देखिएकाले यस्तै लो क्याप कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देख्न सकिन्छ। सहि कम्पनीको पहिचान गर्न सकियो भने यस्ता कम्पनीहरूले ठूलो प्रतिफल पनि दिने गर्दछन। त्यसको लागि लगानी गर्नु अघि जोखिमलाई गम्भीरतापूर्वक मूल्यांकन गर्नु आवश्यक छ।
लो क्याप कम्पनीहरूको चर्चा हुँदै गर्दा विकास बैंक सेक्टरका लो क्याप कम्पनीहरुतिर पनि लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ। हाल नेप्सेमा सूचीकृत विकास बैंकहरूमध्ये हामीले यस लेखमा पाँच लो क्याप विकास बैंकहरुको बिश्लेषण गरेका छौं।
१. नारायणी डेभलपमेण्ट बैंक :
विकास बैंकहरु मध्ये बजारमा सबैभन्दा कम सेयर भएको कम्पनी नारायणी डेभलपमेन्ट बैंक हो। कम्पनीको कुल २६ लाख २४ हजार ६७६ कित्ता मध्ये बजारमा कारोबार भइरहेको सेयर संख्या जम्मा ७ लाख ६१ हजार १५६.०४ कित्ता रहेको छ। यस कम्पनीको बजार पुँजीकरण ३ अर्ब २ करोड ४४ लाख १४ हजार १५४.८० रुपैयाँ रहेको छ। त्यस्तै, हाल बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १३५५ रुपैयाँ रहेको छ। यो कम्पनीको सेयर नेप्सेमा NABBC (एनएबीबीसी) सिम्बोलले सूचिकृत छ।
२. कर्पेारेट डेभलपमेण्ट बैंक:
विकास बैंकहरु मध्ये बजारमा सबैभन्दा कम सेयर भएको दाेस्राे कम्पनी कर्पेारेट डेभलपमेण्ट बैंक हो। कम्पनीको कुल ५२ लाख ५० हजार कित्ता मध्ये बजारमा कारोबार भइरहेको सेयर संख्या जम्मा १५ लाख ७५ हजार कित्ता रहेको छ। यस कम्पनीको बजार पुँजीकरण ८ अर्ब ८९ करोड ८७ लाख ५० हजार रुपैयाँ रहेको छ। त्यस्तै हाल बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १६८५ रुपैयाँ रहेको छ। यो कम्पनीको सेयर नेप्सेमा CORBL (सीओआरबीएल) का नामले सूचिकृत छ।
३. कर्णाली डेभलपमेण्ट बैंक:
विकास बैंकहरुमा तेस्रो कम सेयर संख्या भएको कम्पनी कर्णाली डेभलपमेन्ट बैंक हो। कम्पनीको कुल ५० लाख २८ हजार ३०० कित्ता मध्ये बजारमा कारोबार भइरहेको सेयर संख्या जम्मा २४ लाख ६३ हजार ८६७ कित्ता रहेको छ। यस कम्पनीको बजार पुँजीकरण ४ अर्ब १४ करोड ८३ लाख ४७ हजार ५०० रुपैयाँ रहेको छ। त्यस्तै, हाल बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१२ रुपैयाँ रहेको छ। यो कम्पनीको सेयर नेप्सेमा KRBL (केआरबीएल) नामले सूचिकृत छ।
४. ग्रीन डेभलपमेन्ट बैंक:
चौथो कम सेयर संख्या भएको कम्पनी ग्रीन डेभलपमेन्ट बैंक रहेको छ। कम्पनीको कुल ५३ लाख ८७ हजार २२० कित्ता मध्ये बजारमा कारोबार भइरहेको सेयर संख्या जम्मा २६ लाख ३९ हजार ७३७.८० कित्ता रहेको छ। यस कम्पनीको बजार पुँजीकरण ५ अर्ब ३८ करोड ७२ लाख २० हजार रुपैयाँ रहेको छ। त्यस्तै हाल बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १००० रुपैयाँ रहेको छ। कम्पनीको सेयर नेप्सेमा GRDBL (जीआरडिबीएल) नामले सूचिकृत छ।
५. सिन्धु विकास बैंक:
विकास बैंकहरुमध्ये पाँचौ कम सेयर संख्या भएको कम्पनी सिन्धु विकास बैंक हो। कम्पनीको कुल ५५ लाख ७४ हजार ५६१ कित्ता मध्ये बजारमा कारोबार भइरहेको सेयर संख्या जम्मा २७ लाख ३१ हजार ५३१.७१ कित्ता रहेको छ। यस कम्पनीको बजार पुँजीकरण ५ अर्ब ३२ करोड ३७ लाख ५ हजार ४३९.८५ रुपैयाँ रहेको छ। त्यस्तै हाल बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९५५ रुपैयाँ रहेको छ। कम्पनीको सेयर नेप्सेमा SINDU (एसआईएनडीयु) नामले सूचिकृत छ।















प्रतिकृया