आइपीओ ल्याउने तयारीमा रहेको लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सको यस्तो छ वित्तीय अवस्था

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
आइपीओ ल्याउने तयारीमा रहेको लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सको यस्तो छ वित्तीय अवस्था

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १.९६ प्रतिशतले बढेर ८९ लाख १३ हजार रूपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ लाख ४२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।

गत वर्ष ५१ लाख ३२ हजार रूपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ७ करोड २० लाख रूपैयाँ नाघेको छ । त्यस्तै, गत वर्षा गत वर्ष ९८ लाख ७१ हजार रूपैयाँ रहेको कम्पनीको खुद बिमा शुल्क ९६६ प्रतिशतले बढेर साढे १० करोड रूपैयाँ नाघेको छ।

कम्पनीको कुल आम्दानी ४ करोड ४६ लाख रूपैयाँबाट बढेर साढे १४ करोड रूपैयाँ पुगेको छ भने , कुल खर्च पनि ३ करोड ५९ लाख रूपैयाँबाट बढेर १३ करोड ६४ लाख रूपैयाँ नाघेको छ।कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष २.२२ रूपैयाँ रहेकोमा अहिले थोरैले बढेर २.२६ रूपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स