केपी ओली भन्छन्, ‘जहाँ श्रमिक सम्मानित हुन्छन् त्यही समाज समृद्ध हुन्छ’

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १८ गते
केपी ओली भन्छन्, ‘जहाँ श्रमिक सम्मानित हुन्छन् त्यही समाज समृद्ध हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमिकको सम्मान भएको समाज मात्रै समृद्ध बन्न सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा शुभकामना सन्देश दिँदै उनले मे १ ले श्रमको मूल्य, मर्यादा र अधिकारका लागि भएको संघर्षमार्फत विश्वलाई महत्वपूर्ण पाठ सिकाएको उल्लेख गरेका हुन्।

ओलीले नेपालको संविधानले न्यायपूर्ण राज्य निर्माणका लागि श्रमिक र रोजगारदाताबीच सन्तुलन कायम गर्ने मार्ग निर्देशित गरेको बताए। सोही सिद्धान्तअनुसार आफू नेतृत्वको सरकारले श्रमिक, रोजगारदाता र राज्यबीच त्रिपक्षीय सहकार्यलाई अघि बढाउँदै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको उनले स्मरण गरे।

उनले मानव गरिमाको रक्षा, श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित गर्न उनीहरूको विश्वव्यापी अधिकारको ग्यारेन्टी आवश्यक रहेको पनि उल्लेख गरे। आफ्नो कार्यकालमा नीति, संवाद र सहकार्यमार्फत श्रमिक–रोजगारदाता सम्बन्धलाई सहअस्तित्वको दिशामा अघि बढाइएको उनले बताए।

ओलीका अनुसार उद्योग सञ्चालन, रोजगारी वृद्धि, श्रमिकको सुरक्षा, नाफाको न्यायोचित वितरण र समग्र राष्ट्रिय समृद्धि नै सरकारको मुख्य लक्ष्य थियो। संविधानले तय गरेको यही मार्गबाट राज्य विचलित हुनु नहुने उनको भनाइ छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स