पियोर इनर्जी लिमिटेडको आइपीओमा दोस्रोदिनसम्म १ करोड १३ लाख ९४ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । पियोर इनर्जी लिमिटेडले सर्वसाधारण लागि बिहीबार चैत्र २८ गतेदेखि आइपीओ निष्काशन गरेको हो। सीडीएससीका अनुसार आज शुक्रबार बेलुका ५ बजेसम्म पियोर इनर्जीको आइपीओमा ९ लाख ५५ हजार ४१७ आवेदकहरूले १ करोड १३ लाख ९४ हजार ७० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग ९.५३ गुणा बढी रहेको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ लाख ९५ हजार २०० कित्ता निष्काशन गरेको हो। सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म तोकिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आइपिओमा आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र अनलाईनबाट मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया