सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २, जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि कालोसूचीमा परेको कार्यालयले जनाएको छ।
यस्तै, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालि पनि कालोसूचीमा समावेश गरिएको छ। पुष्प हेम कन्स्ट्रक्सनका मुख्य व्यक्ति धनुषाका मुरारी घिमिरे र कौशिल बस्नेत निर्माण सेवाका मुख्य व्यक्ति भक्तबहादुर बस्नेत रहेको सूचनामा उल्लेख छ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३(१) बमोजिम कारबाही गर्दै दुवै कम्पनीलाई तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको हो।








![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-768x432.jpg)








![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)

प्रतिकृया