यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १६ गते
यी निर्माण कम्पनीहरु परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २, जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि कालोसूचीमा परेको कार्यालयले जनाएको छ।

यस्तै, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालि पनि कालोसूचीमा समावेश गरिएको छ। पुष्प हेम कन्स्ट्रक्सनका मुख्य व्यक्ति धनुषाका मुरारी घिमिरे र कौशिल बस्नेत निर्माण सेवाका मुख्य व्यक्ति भक्तबहादुर बस्नेत रहेको सूचनामा उल्लेख छ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३(१) बमोजिम कारबाही गर्दै दुवै कम्पनीलाई तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स