२० वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

२० वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको उक्त कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा सूचीकृत गरिएको जनाएको हो।

सूचनाअनुसार जिम्मा लिएको काम समयमै सम्पन्न नगरेको कारण ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९१०) बमोजिम कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको एक वर्षको अवधिमा कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

कालोसूचीमा परेका कम्पनीमध्ये काठमाडौंका पिएनडि शेर्पा कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन, च्यांगरासी निर्माण सेवा, हिमदुंग एण्ड थोकर, हिरा एण्ड नमिता जेभी, हिमदुँग एण्ड थोकर कन्स्ट्रक्सन, भक्तपुरका ओम गणेश निर्माण सेवा, धादिङका डीपी कँडेल निर्माण सेवा, पृथ्वी निर्माण सेवा र पूजा कन्स्ट्रक्सन, चितवनका चिता एण्ड सल्लेरी एसोसिएसन तथा नुवाकोटका सियोन निर्माण सेवा लगायतका कम्पनी रहेका छन्।

PPMO Blacklists 20 Constructio https://bajarkochirfar.com/if-20-construction-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स