instainsta

सर्वसाधारणका लागि छिमेक लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँमा पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १३ गते
सर्वसाधारणका लागि छिमेक लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता कति रुपैयाँमा पाइने ?
AdvertisementAds

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४२,२३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यी सेयर पहिले संस्थापक सेयरधनीको स्वामित्वमा रहेका थिए, तर अब सर्वसाधारण व्यक्ति र कम्पनीले पनि खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्री प्रक्रिया अघि बढाएको थियो। तर तोकिएको अवधिमा कुनै पनि आवेदन नपरेपछि ती सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

बिक्रीमा राखिएका सेयरको न्यूनतम मूल्य प्रति कित्ता ४१० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स