गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि तत्कालका लागि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीको जिम्मेवारी अब केही समय प्रधानमन्त्रीकै मातहत रहनेछ।
विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङ चौतर्फी आलोचनामा परेका थिए। सोही प्रकरणपछि उनले निष्पक्ष छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई भेटेर बुधबार राजीनामा बुझाएका हुन्। वर्तमान सरकार गठन भएको २६ दिनमै उनले पद त्याग गरेका हुन्।
यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर पनि प्रश्न उठ्दै आएको थियो। साथै, माइक्रो इन्स्योरेन्स लगायतमा गरिएको लगानी र सामाजिक संस्था ‘हामी नेपाल’ मार्फत भएको आर्थिक कारोबारबारे पनि विवाद बढेको थियो। व्यक्तिगत खातामार्फत सहयोग रकम सञ्चालन भएको आरोपसहित विभिन्न विषय सार्वजनिक भएपछि उनीमाथि बढ्दो दबाब सिर्जना भएको थियो।
लगातारका विवाद र सार्वजनिक आलोचनाबीच अन्ततः उनले पदबाट बाहिरिने निर्णय गरेका हुन्।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया