गृहमन्त्री गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै नागरिक स्तरबाट आफ्नो सेयर लगानीलगायत विषयमा उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको बताएका छन्।

विवादित व्यवसायी दीपक भट्टसँगको सेयर साझेदारीबारे सार्वजनिक भएको विषयपछि चौतर्फी आलोचना बढेपछि उनले नैतिकताको आधारमा पद त्याग गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग केहीबेरअघि भेट गरेपछि उनले फेसबुकमार्फत आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।

चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका गुरुङले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। उनले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गर्दै जेनजी आन्दोलनले उठाएको सुशासन र जवाफदेहिताको मागले आफूलाई जिम्मेवार बनाएको बताएका छन्।

उनले आफ्नो कार्यकालमा उठेका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। साथै, उनले सञ्चारमाध्यमप्रति टिप्पणी गर्दै केही मिडियाकर्मीको समेत लगानीबारे प्रश्न उठाएका छन् र सबैलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।

Screenshot 2026 04 22 144133 https://bajarkochirfar.com/home-minister-gurung-resigns-from-his-post | %tags
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स