हिमाली हाइड्रो फण्ड लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन प्रस्ताव पारित गर्दै फागुन २४ गते चौथो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षित वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने कार्यसूची पनि रहेको छ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। आईपीओ जारी प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यक काम गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव समेत सभामा राखिनेछ।
यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ, र सोसम्बन्धी आवश्यक कार्य गर्ने जिम्मेवारी समेत सञ्चालक समितिलाई प्रदान गरिनेछ।
सभा बाट आईपीओ निष्काशन प्रस्ताव पारित भएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया