दुर्गा प्रसाईँलाई बिना कारण पक्राउ गरेर सरकारले चटक देखायो: राप्रपा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
दुर्गा प्रसाईँलाई बिना कारण पक्राउ गरेर सरकारले चटक देखायो: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न माग गरेको छ। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रसाईँलाई बिना कारण पक्राउ गरेर सरकारले चटक देखाइरहेको टिप्पणी गरेका छन्।

श्रेष्ठका अनुसार, एकजना व्यक्तिमाथि राज्यले साँधेको प्रतिशोध र लोकतन्त्र, मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा गफ गर्नेहरूको पक्षपातपूर्ण व्यवहार लज्जाजनक रहेको छ। उनले लेखेका छन्, “दुर्गा प्रसाईँलाई पटके पक्राउ गरेर सरकारले चटक देखाइरहेको छ। एकजना व्यक्तिमाथि राज्यले साँधेको प्रतिशोध एवं लोकतन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका गफ चुट्नेहरूको पक्षपातपूर्ण व्यवहार देखेर लाज नै लजाइसक्यो तर यिनलाई लज्जाबोध छैन। सरकार! अति भो! प्रसाईँलाई बिनासर्त रिहा गर।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स