■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Nepal Academy of Tourism and Hotel Management (NATHM) |
| ◆ पद (Position / Title): | Trekking Guide, Trekking Porter Guide, Basic Food Preparation (Cook), Bakery, Barista, One year Diploma in Culinary Arts |
| ◆ रिक्त संख्या (Vacancies): | ७५४ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/१९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/१७ |
◆ संक्षिप्त जानकारी (Summary):
नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानले टेकिङ गाइड, कुक, बेकरी र बारिस्ता लगायतका विभिन्न सीपमूलक तालिमका लागि आवेदन माग गरेको छ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (NATHM), रविभवनले आर्थिक वर्ष २०८३ का लागि विभिन्न ६ प्रकारका व्यावसायिक तालिमहरू सञ्चालन गर्न इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। यस सूचना अनुसार ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, कुक, बेकरी, बारिस्ता र कुलिनरी आर्ट्समा डिप्लोमा जस्ता विधाहरूमा तालिम प्रदान गरिनेछ।
ट्रेकिङ गाइडका लागि ५०० जना (योग्यता: +२ उत्तीर्ण वा SEE उत्तीर्ण भई २ वर्षको अनुभव), ट्रेकिङ पोर्टर गाइडका लागि ११० जना (योग्यता: SEE वा सो सरह), बेसिक फुड प्रिपरेसन (कुक) का लागि ४० जना, बेकरीका लागि ४० जना, बारिस्ताका लागि २० जना र एक वर्षे कुलिनरी आर्ट्स डिप्लोमाका लागि ४४ जनाको कोटा निर्धारण गरिएको छ। ट्रेकिङ विधा बाहेकका अन्य प्राविधिक तालिमका लागि न्यूनतम शैक्षिक योग्यता SEE वा सो सरह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ।
आवेदन दिने अन्तिम मिति तालिम अनुसार फरक-फरक तोकिएको छ। ट्रेकिङ विधाका लागि २०८३/०४/२९ सम्म, कुक, बेकरी र बारिस्ताका लागि २०८३/०५/०२ सम्म र डिप्लोमा कोर्सका लागि २०८३/०५/१७ सम्म फारम भर्न सकिनेछ। आवेदन साथ पासपोर्ट साइजको फोटो २ प्रति, नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। प्रत्येक तालिमको दरखास्त फारम दस्तुर १,००० रुपैयाँ तोकिएको छ जुन प्रतिष्ठानको हाताभित्र रहेको सिटिजन्स बैंकको एक्स्टेन्सन काउन्टरमा जम्मा गर्नुपर्नेछ।
छनोट प्रक्रिया अन्तर्वार्ता मार्फत गरिनेछ। बारिस्ता तालिम सञ्चालन हुन कम्तिमा १० जना, बेकरी र कुकका लागि २० जना र डिप्लोमाका लागि २२ जना आवेदक हुनु अनिवार्य गरिएको छ। दरखास्त फारम प्रतिष्ठानको आधिकारिक वेबसाइट www.nathm.gov.np बाट समेत डाउनलोड गर्न सकिनेछ।
थप सुचनामा:
