घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले १: ०.७५ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरका ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता सेयर जारी गर्नेछ।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ। सभा दाङ, घोराही उपमहानगरपालिका-१५ मा अवस्थित होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ।
कम्पनीले यसपटक लाभांश प्रस्ताव भने गरेको छैन। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागी सक्नेछन्।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)


![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया