सामाजिक सञ्जालमा बालेनकाे जति हल्ला भए पनि झापामा ओली नै विजयी हुने महासचिव पोखरेलको दाबी

सामाजिक सञ्जालमा बालेनकाे जति हल्ला भए पनि झापामा ओली नै विजयी हुने महासचिव पोखरेलको दाबी

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ मा निर्वाचनमा विजयी हुन कुनै समस्या नहुने दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको सामाजिक सञ्जालमा हल्ला भए पनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न कुनै अवरोध नहुने पोखरेलले बताएका छन्। शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले झापा–५ का मतदाता राजनीतिक रूपमा सचेत भएकोले त्यहाँ लोकप्रियतावादमा फस्ने सम्भावना नरहेको पार्टीको निष्कर्ष रहेको बताए।

पोखरेलले राष्ट्रिय राजनीतिमा दाङको भूमिका स्थापित गर्न दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गरेको पनि उल्लेख गरे। उनले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरे र काँग्रेससँग आफ्नो पार्टीको प्रतिष्पर्धा हुने जानकारी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स