गरिमा विकास बैंकको उत्कृष्ट प्रदर्शन, मुक्तिनाथ दोस्रो, लुम्बिनीको कमजोर नतिजा

Advertisement Ads
गरिमा विकास बैंकको उत्कृष्ट प्रदर्शन, मुक्तिनाथ दोस्रो, लुम्बिनीको कमजोर नतिजा
Advertisement Ads

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरूले ३ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४.३५ प्रतिशतले बढी हो।
साउनदेखि चैत मसान्तसम्मको ९ महिनामा नेपालमा सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय विकास बैंकहरूले संयुक्त रूपमा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्ष सोही अवधिमा यी बैंकहरूको संयुक्त नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ थियो।

सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा शीर्ष स्थानमा
सबैभन्दा धेरै नाफा कमाउन गरिमा विकास बैंक सफल भएको छ। बैंकले चैत मसान्तसम्ममा ७३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.३२ प्रतिशतले बढी हो।
त्यसपछि दोश्रोमा स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा १६.८६ प्रतिशतले घटेको हो।

नाफा वृद्धिको हिसाबले हेर्दा ज्योति विकास बैंकले सबैलाई पछाडि पार्दै १०१ प्रतिशतको उल्लेखनीय वृद्धि गरेको छ। बैंकले ३० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि ६१.९७ प्रतिशतले बढेर ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

यता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५१ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झिनो ०.१३ प्रतिशतले मात्र घटेको हो। यस्तै कामना सेवा विकास बैंकको नाफा ४८ प्रतिशतले बढेर ४९ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको नाफा १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।राष्ट्रिय स्तरका विकास बैंकहरू मध्ये लुम्बिनी विकास बैंकले सबैभन्दा कमजोर प्रदर्शन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले घटेर ४ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ।

Q3 7 https://bajarkochirfar.com/garima-bikas-banks-excellent-performance-muktinath-second-lumbinis-poor-result | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स