सर्वसाधारणले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको सेयर किन्न पाउने

सर्वसाधारणले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको सेयर किन्न पाउने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज माघ १८ गतेदेखि ३ लाख ६ हजार ५९७ कित्ता अवितरित संस्थापक हकप्रद सेयर बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्रीमा राखेको छ।

बैंकले यसअघि गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद सेयर निष्काशन गरी आवेदन माग गरेको थियो। सो क्रममा संस्थापक समूहका लागि छुट्याइएका ६ लाख ३ हजार १६२ कित्ता सेयरमध्ये पर्याप्त आवेदन नपरेपछि ती सेयर मंसिर १८ देखि २५ गतेसम्म लिलामीमा राखिएको थियो।

तर उक्त लिलामी अवधिमा पनि संस्थापक समूहका लागि मात्र २ लाख ९६ हजार ५६५ कित्ता सेयरका लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ। बाँकी रहेको ३ लाख ६ हजार ५९७ कित्ता संस्थापक सेयर अब सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

यस लिलामीमा व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरू सबैले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलकबोलमार्फत न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

लगानीकर्ताले नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका विराटनगर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखा कार्यालयहरूबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन ४ गते तोकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स