मुक्तिनाथ विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक समूहअन्तर्गत २ लाख ५८ हजार १८३ कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकले उक्त सेयर वैशाख ८ गतेदेखि प्रतिकित्ता १४० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गर्ने जनाएको छ।
इच्छुक लगानीकर्ताले वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्मका लागि माग गर्न सकिने व्यवस्था गरिएको छ।
यस सेयर बिक्रीको प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।


















प्रतिकृया