मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि यस्तो भन्छन् पूर्वअर्थमन्त्री खनाल

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि यस्तो भन्छन् पूर्वअर्थमन्त्री खनाल

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै त्यसको विश्वसनीयताबारे बहस भइरहेका बेला पूर्व अर्थसचिव एवं तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले त्यसप्रति प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सार्वजनिक गरिने सम्पत्ति विवरणभन्दा राज्यका आधिकारिक निकायमा बुझाइने करसम्बन्धी अभिलेखहरू बढी विश्वसनीय हुने बताएका छन्।

खनालका अनुसार, ‘सम्पत्ति घोषणा प्रायः कम भरपर्दो हुन्छन्। यसको विपरीत, आन्तरिक राजस्व कार्यालयमा पेस गरिने आय विवरण र कर चुक्ता रेकर्डहरूले व्यक्तिको वित्तीय अवस्थाबारे मूल्यांकन गर्न बढी पारदर्शी, प्रमाणित र विश्वासिलो आधार प्रदान गर्छन्।’

उनले आर्थिक पारदर्शिता मूल्यांकनका लागि सम्पत्ति विवरणभन्दा करसम्बन्धी कागजातहरू नै बढी भरपर्दो हुने उल्लेख गर्दै आय विवरण तथा कर चुक्ता प्रमाणपत्रहरूले व्यक्तिको वास्तविक आर्थिक अवस्थाको स्पष्ट चित्र दिने बताएका छन्।

Screenshot 2026 04 13 142950 https://bajarkochirfar.com/former-finance-minister-khanal-says-this-after-ministers-asset-details-were-made-public | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Ganga GC
Ganga GC
2 months ago

Tyo paripati ko bebastha garnu paryo…

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स