दैनिक किनमेल सजिलो बनाउन फुडमाण्डुको वानमार्ट अब ललितपुरमा पनि उपलब्ध

दैनिक किनमेल सजिलो बनाउन फुडमाण्डुको वानमार्ट अब ललितपुरमा पनि उपलब्ध

नेपालको पहिलो र यो लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको किराना सामान सेवा फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि सुरु भएको छ।

पहिले यो सेवा गैरिधारा आसपासको ३ किलोमिटरभित्र मात्र सीमित थियो। अब ललितपुरको सानेपाबाट ४ किलोमिटर वरपरका जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारीमा पनि सेवा उपलब्ध हुनेछ।

ग्राहकहरूले अब ७०० भन्दा बढी गुणस्तरीय किराना सामान सजिलै अर्डर गरी छिटो र भरपर्दो डेलिभरी पाउन सक्नेछन्।

फुडमाण्डुका संस्थापक मनोहर अधिकारीले भने, “हामी हाम्रा ग्राहकहरूको जीवनलाई झनै सहज बनाउन प्रयासरत छौँ। ललितपुरमा यो सेवा विस्तारले दैनिक किनमेललाई झन्झटरहित बनाउनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स