काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा करिब एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना, खरिपाटी भक्तपुरका अनुसार पुस २८ गतेदेखि विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
कुलेश्वर, बानेश्वर, जोरपाटी, र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइनलाई भूमिगत गर्न लागिएकोले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ। विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म, अर्थात् दैनिक ४ घण्टा बन्द हुनेछ।
पुस २८ गते साँखु बजार क्षेत्रमा, २९ गते फिकल चोकदेखि बाबा चोक क्षेत्रमा, र माघ १ गते त्रिभुवन विश्वविद्यालय वरपरका क्षेत्रमा बिजुली बन्द हुनेछ। त्यस्तै, माघ २ गते बलम्बु क्षेत्र, ३ गते स्वयम्भू क्षेत्र, र ४ गते बिजुली आर्क पुल वरपरका क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ।
मौसम प्रतिकूल भएमा सटडाउन नहुने प्राधिकरणले स्पष्ट पारेको छ।
















प्रतिकृया