आज काठमाडौंका यी स्थानहरूमा बिजुली काटिने

आज काठमाडौंका यी स्थानहरूमा बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौंको केही क्षेत्रका उपभोक्ताहरूसँग बिजुली कटौती गर्नुपर्ने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरका क्षेत्रमा बिजुली आपूर्ति रोकिने छ। यसमा नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत स्थान समावेश छन्।

बिजुली कटौतीको कारण प्रविधि जडान सम्बन्धी कार्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ। यस अवधिमा ग्राहकहरूले भोग्नुपर्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

यद्यपि, काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा बिजुली आपूर्ति तुरुन्त सुचारु गरिने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स