आजदेखि काठमाडौंका विभिन्न स्थानमा बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत काटिने

आजदेखि काठमाडौंका विभिन्न स्थानमा बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत काटिने
Advertisement Ads

काठमाडौंका विभिन्न स्थानमा पुस ५ गतेसम्म दैनिक चार घन्टा विद्युत अवरुद्ध हुने सूचना प्राधिकरणले आज (बुधबार) जारी गरेको छ।

बुधबार, ११ बजेदेखि ३ बजेसम्म कीर्तिपुरको रोपवे फिडर सटडाउन गरिनेछ, जसका कारण बल्खु करिडोर क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।

बिहीबार मच्छेगाउँ फिडर अन्तर्गत भत्केकपाटीदेखि राराहिल चोकसम्म र शुक्रबार कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गत स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ। पुस १ गतेदेखि ५ गतेसम्म विभिन्न स्थानहरूमा विद्युत अवरूद्ध हुनेछन्।

पुस १ गते कीर्तिपुर रिङरोड र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडर अन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्र, पुस ४ गते स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रका फिडरहरू सटडाउन गरिने छन्।

विद्युत अवरूद्धको कारण यी क्षेत्रहरूमा विद्युती तार भूमिगत गर्ने कार्य गरिनेछ। प्राधिकरणले मौसम प्रतिकूल भएमा सटडाउन नहुने जानकारी पनि दिएको छ।

bidyut 1733883724 https://bajarkochirfar.com/electricity-will-be-cut-from-11-am-to-3-am-in-various-places-of-kathmandu-from-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स