भक्तपुरका विभिन्न स्थानमा आज (सोमबार) १० घन्टा विद्युत अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाका अनुसार, थिमी वितरण केन्द्रअन्तर्गतको सल्लाघारी फिडर क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ।
विद्युत अवरुद्ध हुने क्षेत्रहरूमा कौशलटार चोक, बालकोट मेरीगोल्ड स्कुल क्षेत्र, दुर्गा मन्दिर, रेडक्रस, बृहस्पतिचोक, बालकोट चोक, धारापाती, गोदावरी खोला, महेन्द्र शान्ति स्कुल, र फोर्सपार्क लगायतका स्थानहरू पर्छन्।
प्राधिकरणका अनुसार, जीर्ण कन्डक्टरहरू बदल्न फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुनेछ। निर्धारित काम समयअघि नै सम्पन्न भएमा विद्युत आपूर्ति ५ बजेभन्दा अगावै सुरू हुने प्राधिकरणले जानकारी दिएको छ।
















प्रतिकृया