नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी सभापति गगनकुमार थापाको ससुरा भनेर गरिएका टिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन्। समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित केसीले प्रश्न उठाए, “अर्जुन नरसिंह केसी पहिले कि गगन थापाको ससुरा पहिले?”
पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा स्थित मुख्यालय पुगेका उनले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै पार्टीमा पुर्याएको योगदानको चर्चा गरे। उनले २०१८ सालमा भोगेको जेल जीवनको कथा सुनाउँदै भने, “के म गगन थापाको ससुरा भएर मात्रै अर्जुन नरसिंह केसी भएको हुँ? पार्टीमा मेरो कुनै योगदान छैन?”
केसीले आफू गगन थापासँग तुलना नगरी आफ्नै संघर्ष र पहिचानले पार्टीमा स्थापित भएको दाबी गरेका छन्। उनले ६–७ वर्ष जेल जीवन भोगेको अनुभवको स्मरण गराउँदै पार्टीको लागि गरेको योगदानलाई जोड दिए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया