सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहअन्तर्गत १ लाख ८६ हजार ५६५.१३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त सेयर खरिदका लागि प्रचलित कानुनअनुसार योग्य सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
बैंकले बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ। यस अनुसार, लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।
सेयर खरिदका लागि आवेदन दिने अवधि ३५ दिन तोकिएको छ। इच्छुक लगानीकर्ताले यस अवधिभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सक्नेछन्।










![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया