सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकका अनुसार वासुदेव घिमिरेको नाममा रहेको १ लाख ६३ हजार ५६१ कित्ता, नेत्र लाल बनको ७५ हजार ७७२ कित्ता, झविन्द्र भण्डारीको ५१ हजार २०५ कित्ता तथा राजकुमार थापाको नाममा रहेको १८ हजार ८४४.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
यीमध्ये राजकुमार थापाको नाममा रहेको सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ भने अन्य तीन संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर खरीद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार हाल यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्नेछन्।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।










![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया