instainsta

बैंक तथा वित्तीय संस्थाको धितो रोक्का–फुकुवा अब २४ घण्टाभित्र गर्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
बैंक तथा वित्तीय संस्थाको धितो रोक्का–फुकुवा अब २४ घण्टाभित्र गर्नुपर्ने
AdvertisementAds

नेपाल सरकारअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत हुने धितो बन्धकी रोक्का र फुकुवा प्रक्रिया अधिकतम २४ घण्टाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। सेवा प्रवाहलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन विभागले देशभरका मालपोत कार्यालयलाई नयाँ परिपत्र जारी गरेको हो।

नयाँ व्यवस्थाअनुसार दिउँसो १२ बजेसम्म प्राप्त भएका रोक्का तथा फुकुवासम्बन्धी कागजात सोही दिन नै फर्छ्योट गर्नुपर्नेछ। १२ बजेपछि दर्ता भएका निवेदन भने सम्भव भएसम्म सोही दिन, अन्यथा भोलिपल्ट दिउँसो १२ बजेसम्म अनिवार्य रूपमा टुंग्याउनुपर्ने व्यवस्था गरिएको छ।

नेपाल बैंकर्स संघले अनलाइन प्रणालीमा देखिएका समस्या र ढिलाइबारे विभागलाई सुझाव दिएको थियो। त्यसपछि विभागले ९ बुँदे निर्देशन जारी गर्दै प्रक्रिया थप सहज बनाएको हो।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स