बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै

बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन। हकप्रद सेयरमा  पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।यस हकप्रद सेयरलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलले रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स